- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा गठबन्धन तर्फबाट माववादी केन्द्रका राजन पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको ।
गठबन्धन पार्टी नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र उप-प्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसतर्फ बाट मेघा साहिले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
बजारमा गठबन्धनबाट मेयर उम्मेदवार पौडेलको निकै चर्चा भईरहेको छ । भिजन सहित मेयरमा उम्मेदवारी दिएका पौडेल युवाहरूको आफ्नो तर्फ ध्यानाकर्षण पनि गराएका छन् ।
पौडेल संगै उप-मेयरमा मेघा साहि पनि उपमहानगरको एक बलियो उम्मेदवार पनि हुन् ।




