छतबाट खसेर सिमरामा ४ वर्षिया बालिकाको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा छतबाट खसेर एक नबालिकाको मृत्यु भएको छ । उपमहानगरको सिमरा स्थित रहेको अलपाईन अस्पताल नजिकै चार तल्ला छतमाथीबाट खसेर राजिव रंजन श्रीवास्तवकी छोरी ४ वर्षिया अनु श्रीवास्तवको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाईते भएकी ४ वर्षिया अनु श्रीवास्तवको उपचारको क्रममा हिजो आईतवार राती बीरगंजमा मृत्यु भएको प्रहरीले बताएको छ । आफ्नै घरको छतमा खेल्ने क्रममा आईतवार नबालिका अनु लडेर गम्भिर घाईते भएकी थिईन । स्थानीय तथा आफन्तको सहयोगमा उद्धार गरिएकी गम्भिर घाईते नबालिकालाई उपचारको लागी अल्पाईन अस्पतालमा पुर्याईएको थियो ।

टाउको लगायत शरीरको विभिन्न भागमा गम्भिर घाउ चोट लागेकी ती नबालिकालाई सिमरामा उपचार सम्भव नभएपछि थप उपचारको लागी बीरगंज स्थित वयोध अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको र मृतकको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

अभिभावकले छतमा बालबालिकालाई खेल्न छोड्दा र निगरानी नगर्दा यस्ता घटनाहरु हुने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।