जीतपुरसिमरा ७ मा लोसपा नेपालको घरदैलो

  • जानकारी नेपाल, डेस्क ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा अध्यक्ष र सदस्य उम्मेदवार सहितको प्यानललाई जिताउन लोसपाले जीतपुरसिमरा ७ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो ।

चुनावी अभियान अन्र्तगत लोसपाले शनिबार देखी जीतपुरसिमरा उपमहानगरपालिकामा चुवानी प्रचारप्रसार सुरु गरेको थियो । पहिलो दिन मेयरका उम्मेदवार सञ्जय कुमार साह र उपमेयर विपी मोक्तान सहितको उपस्थितिमा लोसपाले वडा नम्बर ७ मा सडक प्रेजेन्ट्स कार्यक्रम सम्पन्न गरेको थियो । वडा नम्बर ७ मा लोसपाको तर्फबाट राजुराज गिरिले वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

राजुराज गिरिको प्यानलमा लोसपाबाट रामबाबु कलवार, रवि साह, अमना खातुन र सिता देवी पासवान सदस्यको उम्मेदवार हुनुहुन्छ ।