जीतपुरमा एमाले प्रवेस गर्नेको लहर

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरमा नेकपा एमालेमा पार्टि प्रवेस गर्नेको लहर बढेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले युवालाई अवसर दिएको भन्दै यहाँका युवाहरु धमाधम नेकपा एमालेमा पार्टि प्रवेस गर्न थालेका छन् ।

२०७४ सालको स्थानिय निर्वाचनमा जनता समाज पार्टिबाट मेयर पदका उमेदवार रहनुभएका अखिल सिहंपनि आफ्नो कोर टिम सहित नेकपा एमालेमा पार्टि प्रवेस गर्नुभएको छ । मंगलबार साझँ नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम मधेश प्रदेश सहईन्चार्ज ज्वाला साहले एमालेको सुर्य चिन्ह अकिंत गम्छा र टिका लगाएर उहाँलाई एमालेमा पार्टि प्रवेस गराउनुभएको हो ।

पार्टि प्रवेस गर्ने क्रममा सिहंसंगै सचिन श्रीवास्तब र उनका साथीहरु रहेको एमालेका युवा नेता आयुब खाँले जानकारी दिनुभएको छ । पार्टि प्रवेस कार्यक्रममा बोल्दै अखिल सिहंले ईमान्दार, कर्मठ र लगनशील ब्यक्तिलाई एमालेले वडा अध्यक्षको उमेदवार बनाएको बताउनुभयो ।उहाँले सुनिल गुप्ताको पक्षमा जनलहर रहेको बताउँदै अब जीतपुरलाई एमालेमय बनाउने कुरामा जोड दिन्ुभयो ।

यसैगरी पार्टि प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेश प्रदेश सहईन्चार्ज साहले सबैको साझा उमेदवार सुनिल गुप्ता सहित नेकपा एमालेको जीत पक्का रहेको बताउनुभयो ।

उहाँले यस नगरको विकास एमालेबाट मात्रै सम्भव हुने भन्दै एमालेलाई जीताउन सातै सुर्यमा मतदान गर्नपनि मतदाताहरु संग आग्रह गर्नुभयो ।