- जानकारी नेपाल, डेस्क ।
लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) छोटो समयमै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकप्रिय पार्टी बन्न सफल हुदै गएको छ । नेपाली कांग्रेस र एमालेको राम्रो पकड रहेको ७ नम्बर वडामा लोसपा पनि लोकपृय बनेका हो ।
लोसपाको लोकपृयताले अब जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उस्कै सरकार आउने स्थानियहरुले अनुमान गर्न थालेका छन् । लोसपा नेपाल नँया पार्टी भए पनि उस्को उम्मेदवार जीतपुर सामाजमा किनै लोकप्रिय भएकोले लोसपाको पकड राम्रो भएको लोसपाका एक नेताले बताउनु भयो ।
लोसपा नेपाललाई जीतपुरका उवाहरुले पनि समर्थन गर्न थालेका छन् । विभिन्न पार्टी परित्याग गर्दै लोसपा प्रवेश गरेर लोसपालाई युवाहरुले समर्थन गरे पछि पार्टीको लोकप्रियता झन बढेको देखिन्छ ।
लोसपा नेपालको तर्फबाठ साईकल छापमा राजुराज गिरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ भने रामबाबु कलवार, रवि शंकर साह, अमना खातुन, सिता देवी पासवान वडा सदस्यको उम्मेदवार हुनुहुन्छ ।



