पर्सागढीबाट काठ चोरी गर्ने २ जना पक्राउ

  • एस.एस. पटेल, बारा ।

राष्ट्रिय वन जंगलबाट अवैध रुपमा सालको काचो काठ ल्याउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले २ जनालाई पक्राउ गरेक‍ो हो ।

पक्राउ पर्नेमा स्थानीय महेन्द्र राम र नगिना रामलाई रहेको प्रहरीले जनाएको छ । बढनिहारस्थित राष्ट्रिय वन जंगलबाट अबैध रुपमा काचो सालको काठ कटान गरि बहुवरी, पचरुखी र बहुवार्वाको फर्निचर र समिलमा लैँजादै गरेको विशेष सुचनाका आधारमा खटिएको टोलीले काठसहित २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी बरिष्ट नायव निरीक्षक कुल बहादुर कुवारले जानकारी दिनु भयो ।

प्रहरी बरिष्ट नायव निरीक्षक कुल बहादुर कुवारकै नेतृत्वमा खटिएको प्रहरी टोलीले १ थान सालको काठ र तस्करीमा प्रयोग भएको साईकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुबिरुद्ध आवश्यक अनुसन्धान भइरहेको र २ जनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।