- एस.एस. पटेल, बारा ।
जितपुर ट्राफिक प्रहरीका इन्चार्ज दिपक बस्नेतद्वारा दुर्घटना मुक्त अभियान सुरु गरिएको छ । साइकल यात्रुहरूलाइ सडकको छेउबाट हिड्न, गाडीहरूलाई आफ्नो लेनमा नियम पुर्वक हिड्न अनुरोध गर्दै जनचेतना फैलाउदै अभियानको थालनी गर्नु भएको हो ।
आज बिहिबार बाराकाे जितपुर ट्राफिक प्रहरीले अभियानको रुपमा साइकल यात्रुलाई र सर्वसाधारणलाई सडकमा कसरी हिड्ने, बाटो कसरी क्रस गर्ने बारे समेत जानकारी गराएका छन् ।
मुख्यत छातापिपारको उधाेगमा काम गर्ने कामदारहरूकाे ठुलो समूह राति राति ६ लेनको हाईबेबाट साईकलमा यात्रा गरेर काम गर्न जान्छन् र दुर्घटनाको सिकार बन्ने गरेका छन् । कामदारहरूलाई दुर्घटनाबाट बचनकाे लागि याे अभियान संचालन गरेको जितपुर ट्राफिक प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताउनु भयो।



