- एस.एस. पटेल, बारा ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ ।
नगरपालिकाको सरकारी नम्बर गाडि ना १ झ १६१९ को एस्कोरपियोलाई आकस्मिक एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप-मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई एम्बुलेन्स बनाउनुपर्ने भन्दै उपमहानगरपालिकाको चौतर्फी विरोध हुँदै आएको थियो ।
नगरपालिकाले हालका लागी एउटा गाडीलाई आकस्मिक एम्बुलेन्स बनाईएको छ भने आवश्यक्ता परे अन्यलाई पनि आकस्मिक एम्बुलेन्स बनाईने जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले बताउनुभयो ।
कसरी गर्ने सम्पर्क?
कोरोनाको महामारीलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले बनाएको आकस्मिक एम्बुलेन्सलाई नगरबासिले सिमरा स्थित निर्माण भएको आईसोलेसनवाडमा सम्पर्क गर्न सक्ने छन् भने साथै सिधा नगर प्रमुखलाई पनि सम्पर्क गरि उहाको गाडिबाट एम्बुलेसको सेवा लिन सक्ने छन् ।
जीतपुरसिमराको वेबसाईटमा खुलाईएको सम्पर्क नम्बर




