नेपाल फाेटाे पत्रकार महासंघ, बाराकाे दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी चयन

जानकारी नेपाल, डेस्क ।

नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट महासंघको अध्यक्षमा दिवाकर भण्डारी चयन हुनुभएको छ ।

नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा श्याम गुप्ता, सचिवमा इन्दिप कोईराला, कोषाध्यक्षमा प्रलाद तिमल्सिना, सदस्यमा प्रदिप गौतम, एस.एस. पटेल (शिवशंकर), राधेश्याम पटेल लगायत नाैं सदसिय कार्यसमिति सर्वसम्मतमा चयन भएका छन् ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य एवंम् बाराका निवर्तमान अध्यक्ष जीतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गोकुल घोरसाईने प्रमुख अतिथि रहँनु भएको थियो । कार्यक्रममा महासंघ बाराका निर्वतमान काेषाध्यक्ष फैजुल्लाह आफम लगायत स्थानीय सञ्चारकर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।