जीतपुर-नगौल जाने बाटो मै पोखरी, निकाय मुख दर्शक

जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ६ जोड्ने सडक खण्ड बर्षौ देखी निमार्णको पर्खाइमा छ । वडा नम्बर ७ जीतपुर र ६ को सिदरीया टोल र नगौल जोड्ने उक्त सडक खण्डमा पाजी जमेर पोखरी नै बनेको छ ।

जीतपुर देखी नगौल जाने बाटोमा पानी जम्दा आवतजावतमा समेत स्थानियहरुले समस्या खेप्नु परेको छ । अफिसको लागि नगौल बाट जीपतुर आउनको लागि हातमा जुता बोकेर हिड्नु पनेपर्ने बाध्यता भएको एक स्थानियले बताए । सडक भन्दा नाला निकै माथी बनाइएको हुदा सडकमा पनि जम्ने गरेको छ ।

यता यस विषयमा वडा नम्बर ६ को वडामा समस्या राख्ना जादा पानी जमेको सडक वडा नम्बर ६ मा नपरेको हुदा वडा नम्बर ७ मा सम्पर्क गर्न वडाले स्थानियहरुलाई पठाउने गरेको छ । पानी जमेको सडक खण्ड वडा नम्बर ७ को भन्दा वडा नं. ६ का स्थानियहरुले प्रयोग गर्ने गरेका छन् । वडा नम्बर ६ को मुख्य बजार जीतपुर भएको हुदा त्यहाका स्थानियहरु दिनहु जीतपुर बजार आउनै पर्ने बाध्यता छ ।

पानी जमेको सडक खण्ड वडा नम्बर ६ मा नपरे पनि उक्त सडकबाट आफ्नो वडाका स्थानीहरुले समस्या खेप्नु पर्दा वडा नम्बर ६ र ७ दुबैको समन्वयमा सडकको मरमत हुनु पर्ने स्थानिहरुको भाईन छ । स्थानियहरुको अनुसार वडा नम्बर ७ को जनताहरु भन्दा वडा नम्बर ६ का जनताले उक्त सडकबाट समस्या खुप्नु परेको हुदा वडा नम्बर ७ ले खासै ध्यान नदिएको हुन सक्ने उनिहरुको भनाई छ ।