जानकारी नेपाल, डेस्क ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मधेस प्रदेशको प्रदेश सभा सदस्यको लागि बारा क्षेत्र नम्बर ४ (क) बाट लोसपा नेपालले घनश्याम गिरिको नाम सिफारीस गरेको छ । क्षेत्रीय कमिटिले प्रदेश सभा सदस्यको लागि गिरिको एकल नाम सिफारीस गरेको हो ।
घनश्याम गिरि लामो समय देखी समाज सेवामा लागेका व्यक्ती हुनुहुन्छ । यस अघि पनि गिरि बारा क्षेत्र नम्बर ४ (क) बाटै प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो तर सो निर्वाचमा सफल हुन सक्नु भएन । वहा निर्वाचनमा पराजीत भए पनि ५ वर्ष जनताको लागि काम गर्नु भएको छ र हाल उनको बारा क्षेत्र नं. ४ (क) मा निकै राम्रो पकड छ ।
लोकतान्त्रीक सामाजवादी पार्टी नेपालको आज बसेको बैठकले बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि एकल घनश्याम गिरिको नाम सिफारीस गरेको हो । तेसै गरि लोसपा नोपलबाट बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ राजाराम चौधरी, फुलमती देवी सोनार र हसिना देवी यादवको नाम सिफारीस भएको छ ।



