जनकारी नेपाल डेस्क ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि नेकपा एमाले देवनारायण चौधरीको एकल नाम सिफारीस गरेको गरेकोे छ ।
जिल्लाको शालिन र सरल नेता भनेर निचिएका चौधरी हाल नेकपा एमाले मधेस प्रदेशको कमिटि सदस्य पनि हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यको लागि चौधरीको नाम सर्वसम्मत रुपमा सिफारीस गरिएको एमालेका एक नेताले बताउनु भयो ।
नेकपा एमाले बाराको जिल्ला अध्यक्ष समेत रहिसक्नु भएका चौधरीको बारा क्षेत्र नम्बर ४ मा राम्रो पकड रहेको छ ।



