नेशनल माईक्रो वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सिमरामा सम्पन्न

डेस्क, भाद्र २५ गते ।

बाराको सिमरामा नेशनल माईक्रोफाईनान्स लघुवित्त वितीय संस्था लिमिटेडले वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडाको नेशनल माईक्रोको शाखाले सिमराको होटेल श्रेष्ठ रेसिसडेन्सिमा वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उन्नति बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साक्षरता कार्यक्रममा स‍ोही संस्थाको एक समुहको प्रमुख सान्ता बजगाईलाई सभा अध्यक्ष राखिएको थियो । राष्ट्रिय गान बजाएर सुरू गरिएको उक्त कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन गरि गरिएको थियो । दिप प्रज्वलनमा प्रमख अतिथि, सभा अध्यक्ष लगायत अतिथिहरू सहभागी भएका थिए ।

नेशनल माईक्रोफाईनान्स लघुवित्त वितीय संस्था लिमिटेड, टेडाले वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रममा आफ्नो शाखाको प्रगति विवरण बताएको थियो । साथै कार्यक्रमबाट प्रगति विवरण नीति र संचालन प्रकृया सम्बन्धि विभिन्न जानकारी दिईएको थियो ।

नेशनल माईक्रोमा आबद्ध रहेका बारा र पर्साका विभिन्न समुहका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रमबाट ६ समुहलाई विभिन्न विद्यामा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेशनल माईक्रोका अनुगमन अधिकृत खगेन्द्र भट्टराई, राज कुमार दास, आशाराम यादव, श्याम सुन्दर राय, ओमप्रकाश यादव, युवा नेता अफताव आलम, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ सई कलम बहादुर साहि लगायत संस्थाका कर्मचारी सहित सदस्यहरूको सहभागिता रहेको थियो ।