सन्दीप लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरूको प्रदर्शन,सीसीटीभी फुटेज सार्वजनिक गर्न माग

वीरगन्ज,भदौ २४-

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ। सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा प्रदर्शन गरेका हुन्। वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को ? नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुनु हुँदैन पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नारा पनि लगाएका थिए।

उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे।