जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिनेगरि सरकारले अध्यादेश ल्याउने

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय भएको जसपाका एक नेताले बताउनु भयो ।  उनले सरकारले गरेको निर्णयलाई स्वागत गर्दै मधेस मुद्दा सम्बोधन तर्फ सरकारले सकारात्मक कदम उठाएको बताए ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

जनता समाजवादी पार्टी नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

नेपालमा अहिले ४ देखि ५ लाखसम्म व्यक्तिहरु नागरिकता विहिन छन् । उनीहरूका लागि सरकारले ल्याएको अध्यादेशका कारण नागरिकता बनाउने बाटो खुलेको छ ।