जानकारी नेपाल, डेस्क ।
बारा क्षेत्र नम्वर ४ (क) मा संतोष कुहवाहाले आफ्न उम्मेदवारी दर्ता गराएमा छन् । कुशवाहाले हाम्रो नेपाली पार्टी (लौरो चिन्ह) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का सफल युवा व्यवसायी संतोष कुशवाहाले उम्मेदवारी दर्ता गराउदै आफ्नो क्षेत्रको चौतर्फी विकासको लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताउनु भयो ।
चर्चामा रहेका ठुला दलहरूले दशकौ देखि विकासको सपना देखाएर जनतालाई ठग्दै आएको र विकासको नाममा आफन्त र नाताबाद मात्र हेर्ने नेताहरूलाई सखाप पर्न हाम्रो नेपाली पार्टीले देशव्यापी रूपमा लौरो अभियान चलाएको कुशवाहाले बताउनु भयो ।



