बारा ४: मनोनयन दर्ता गर्न काधमा काध मिलाएर आए गठबन्धनका उम्मेदवार

जानकारी नेपाल, डेस्क ।

मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ मा गठबन्धनमा उम्मेदवारहरू काधमा काध मिलाएर निर्वाचन आयोगको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि नेकपा माओवादीका अनिल श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता जितेन्द्र सोनलले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउने गठबन्धनका उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित रहेको र अब बारा क्षेत्र नम्बर ४ मा विकासको लहर आउने धारणा राखेका थिए ।