बारा क्षेत्र ४: एमाले र जसपाका साझा उम्मेदवारले गराए मनोनयन दर्ता

जानकारी नेपाल, डेस्क ।

मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनको बाराको क्षेत्र नम्बर ४ मा एमाले र जसपाका साझा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि नेकपा एमालेकाट एकवाल मियाँ, बारा क्षेत्र नमवर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि एमालेबाटै देवनारायण चौधरी र बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यको लागि जनता समाजवादी पार्टी जसपाका नेता आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।