म सपना देखाउदिन, जनताले देखेको सपना पुरा गर्छु बारा ४ (१) उम्मेदवारः कुशवाहा

बारा, कार्तिक २० गते ।

म सपना देखाउदिन, बाराका जनताले दशकौ देखी देख्दै आएका सपनाहरु पुरा गर्छु भन्दै बारा क्षेत्र नम्बर ४ (१) का उम्मेदवार सन्तोष कुशवाहाले दावि गरेका छन् ।

बारामा शिक्षा, कृषि र भौतिक विकासको सपना देख्दै आएका बाराली जनताहरुको सपना दशकौ बितिसक्दा पनि पुरा भएको छैन । बारा क्षेत्र नम्बर ४ (१) का उम्मेदवा सन्तोषले भन्छन् “चुनावमा सपना देखाउने र कुर्सी पाए पछि तेही जनतालाई भुल्ने नेताहरुलाई विकास के हो र जनताको सपना कसरि पुरा गरिन्छ म जिते पछि देखाउने छु” ।

देश परिवर्तनको अभियान चलाएको हाम्रो नेपाली पार्टीले यस पालि लौरोमा जनताको मत आउने विश्वास लिएको पनि उहाले बताए । साथै बारामा दिनप्रतिदिन मेरो र लौरोको समर्थक दोबर हुदै गएको सम्मेत सन्तोषले दावी गरेका छन् ।