प्रतिनिधि सभा विघटन, कार्त्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले प्रतिनिधि सभा विघटन गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । कार्त्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको एक मन्त्रीले बताउनु भएको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई अस्वीकार गरेपछि संसद भंग गरेर मध्यावधि चुनावमा जाने बाटो खुलेको हो ।