कार्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा चुनाव हुने राष्ट्रपतिले गरिन घाेषणा!

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रतिनिधि सभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

शुक्रबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई अस्वीकार गरेपछि संसद भंग गरेर मध्यावधि चुनावमा जाने बाटो खुलेको थियो ।