बारामा हत्या गरी गाडेको अवस्थामा युवकको शव फेला

बारा, मंसिर १४ गते ।

बाराको कोहल्बी नगरपालिका वडा नम्बर ११ रामकुरुवामा हत्या गरि गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही ठाँउका ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो ।

स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको जिल्ला प्रहरी बाराले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताउनु भयो ।