जानकारी नेपाल डेस्क, मंसिर १४ गते ।
पर्सा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ५को सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हिजो मंगलबार राति ८ः४० मा महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जाने क्रममा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट कानुको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनु भयो ।



