मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पूर्वराजा ज्ञानेन्द्र आक्रोश व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उँहाको टिप्पणी छ ।
जनताको स्वास्थ्य समस्यालाई थाती राखेर कोभिड अर्थात कोरोनाको महामारीको समयमा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उँहाले आक्रोश व्यक्त गर्नुभएको हो ।

ट्विटर मार्फत उँहाले ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।’ लेखेर आक्रोश व्यक्त गर्नुभएको हो ।



