रौतहट, मंसिर २० गते।
रौतहट जिल्लाकोको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतिय मोटरबाट आफ्नै खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुजरा नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय मेघनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट खेतमा पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
मृत्यु लगत्तै उनका आफन्तहरूले चौधरीको अन्त्येष्टि गर्न खोज्दा हरिनगर पोखरभिडा प्रहरी चौकीको टोलीले शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



