- एस.एस. पटेल, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी अन्दाजी ५५ वर्षीय पुरूषको कोरोनाले चितवनको भरतपुरमा मृत्यु भएको छ ।
जीतपुरको पुरूष सगैं चितवनमा पछिलो २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा १ जना र अन्य अस्पतालमा २ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ ।




