बाराको कलैयामा रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

बारा, मंसिर २९ गते ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिदेश्वरमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने लालबाबु दासको २१ वर्षिय छोरा सुरेश दासको शव फेला परेको बारा प्रहरीले जनाएको छ ।

आज बिहान करिव ६ बजेको समयमा स्थानियहरुले रुखमा झुन्एिको अवस्थामा दासको शव हेरेको थिए । शवको मुचुल्का उठाइ शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया पठाई घट्नाको थप अनुसन्धान भैरहेको बारा प्रहरीले बताएको छ ।