सिरहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

सिरहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय सुरज गोइत रहेको सिराहा प्रहरीले जनाएको छ ।

स १ त ३९७२ नंम्बरको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।