- एस.एस. पटेल, बारा ।
बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा सर्पको टोकाईबाट एक युवकको मृत्यु भएको छ ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहनगरपालिका – १५ भोर्ले निवासी २० वर्षीय सरोज बम्जनको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
मृतक बम्जन निजगढ नगरपालिका वडा नम्बर १३ डमरपुर स्थित आफ्नो मामा घरमा बस्दै आएका थिए उकलाई बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेको थियो ।
सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभएको छ ।




