- एस.एस. पटेल, बारा ।
पथलैया-वीरगञ्ज ६ लेन व्यापारिक मार्ग ५ वर्ष बितिसक्दा पनि निर्माण पुरा हुनसकेको छैन । मात्र २ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य लिएर काम शुरू गरिएको थियो तर ५ वर्ष बितिसक्दा पनि सडक भने निर्माण हुन सकेको छैन ।
सडक डिभिजन र ठेकेदारको लापरबाहीले पथलैया-वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद सकिएर पटकपटक म्याद थप हुदा पनि सडक निर्माण पूरा हुन सकेको छैन । सडक डिभिजन र ठेकेदारहरूलाई एक ठाउँमै राखेर कुरा गर्दा ठेकेदार कम्पनीले सडक डिभिजनलाई दोस दिन्छ र सडक डिभिजनले ठेकेदारलाई दोस लगाउछ । यसरी दुबै कम्पनिले एक आपसमा तालमेल नमिलाउदा पथलैया देखि वीरगञ्जको सडकको हातल निकैकै दयनीय बन्दै गएको छ ।
पथलैया-वीरगञ्ज व्यापारिक मार्ग निर्माण पूरा गर्नका लागि बारम्बार समय थपिदा पनि सडक निर्माण गर्न नसकिएपछि पुनः ६ महीनाको समय थपको तयारी गरिएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद बारम्बार थपिए पनि थपिएको समयमा पनि काम पूरा नभएपछि पुनः ६ महीना समय थप्ने तयारी भइरहेको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका सूचना अधिकारी सम्पतलाल दासले बताउनु भएको छ ।
५ वर्ष पहिले २०७३ असारमा निर्माण थालिएको यो मार्ग २०७५ असारमा सक्नुपर्ने थियो । तर हाल २०७८ श्रावण सम्म पनि सडक निर्माण पूरा हुन सकेको छैन ।



