- एस.एस. पटेल, बारा ।
बाराको पचरौता नगरपालिका–३ रामनगरमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो ।
बाटोको छेउमै तलपट्टी खेतमा फेला परेको अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
फेला परेको महिला शवमा कुनै किसिमको चोटपटक नदेखिएको र घाँटीमा सल बेरिएको अवस्थामा शब भेटिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उहाले बताउनु भयो ।
स्थानीयले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।




