बारामा ५ किलो गाजा सहित एक जना पक्राउ

  • एस.एस. पटेल, बारा ।

बारामा प्रहरीले लागु औषध गाजा सहित एक जनालाइ पक्राउ गरेको छ । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका ६२ वर्षिय शेर बहादुर जिम्बालाइ ५ किलोग्राम गाजा सहित निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्ड स्थित जङगलबाट पक्राउ गरेको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा बुधबार बिहान अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले जिम्बालाइ गाजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिम्बाले पिठ्युमा बोकेको झोला खानतलाशी गर्दा ५ किलो गाजा बरामद भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका जिम्बालाइ प्रहरी हिरासतमा राखि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।