जितपुर हुदै रङ्गपुर सम्म चल्ने सार्बजनिक सवारीले तोकिएको भन्दा बढि भाडा लिदै, यात्रुहरु मर्कामा

  • एस.एस. पटेल, बारा ।

बाराको जितपुर हुदै रङ्गपुर सम्मको जनता सडकमा चल्ने तीन पाङग्रे ट्याम्पु , म्याजिक जिप लगायतका सार्बजनिक सवारी साधनले सर्बसाधारण यात्रुहरुसंग सरकारले तोकेको भन्दा बढि भाडा लिइरहेकाले यात्रुहरु मर्कामा परेका छन् ।

बढ्निहार देखि जितपुर सम्म ७ किलो मिटर दुरी रहेको सडक खण्डमा अटो रिक्सा , टयाम्पुले प्रति यात्रु ५० रुपैया देखि ६० रुपैया भाडा लिइरहेका छन् ।

त्यसैगरि मनवा बजार देखि जितपुर बजार सम्मको १० किलोमिटरको दुरीको लागि यात्रुहरुले ८० रुपैया देखि १ सय रुपैया सम्म भाडा तिर्नु परेको छ ।

जनता सडकको जितपुर देखि रङ्गपुरसम्म कालो पत्रे सडक भएपनि सार्बजनिक यातायातका सवारीसाधनहरुले पेट्रोल र डिजेलको मुल्य बढेको भन्दै मनपरि ढंगले भाडा बढाएको स्थानीय नन्दलाल चौधरीले गुनासो गर्नुभयो । सार्बजनिक सवारीसाधनहरुले मनपरि ढंगले भाडा बढाएर ठगि रहेको भएपनि सम्बन्धित निकायले चासो नदेखाएको उहाको गुनासो छ ।