जीतपुरसिमरामा श्रावन १६ गते शनिबारदेखि कोरोना विरूद्धको भेरोसेल खोप लाग्ने

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोभिड १९ विरूद्धको चिनियाँ खोप भेरोसेल लाग्ने भएको छ । उपमहानगरको मातहतको स्वास्थ चौकिहरूमा शनिबारदेखि भेरोसेल खोप भएको हो ।

५५ वर्ष भन्दा माथिको उमेर समुहको व्यक्तिहरूलाई कोरोना विरूद्धको खोप भेरोसेल लाग्ने छ । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी , शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूलाई समेत शनिबारदेखि भेरोसेल खोप लागईने जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि कुमार भास्करले जानकारी दिनु भयो । साथै वैदेशिक रोजगारमा जाने व्याक्तिहरू र पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई समेत उक्त खोप लगाईने छ ।

५५ वर्ष माथिका व्यक्तिहरूले उमेर र नाम खुल्ने परिचयपत्र लिएर खोप लगाउन जानू पर्ने छ भने स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी , शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूको हकमा आफ्नो परिचयपत्र लिएर जानू पर्ने छ उनिहरूको लागि भने उमेर समूह तोकिएको छैन ।

कोरोना विरूद्धको भेरोसेल खोप श्रावन १६ गते शनिबार देखि लाग्न शुरू भई २ दिन सम्म जीतपुरसिमरा उपमहानगरको मातहतका स्वास्थ्य चौकिहरूमा लाग्ने छ ।

गत हप्ता कोरोना विरूद्धको खोप जोन्सन एन्ड जोन्सन लगाउने स्वास्थ्य चौकीहरूमा खोप लगाउनेहरूको राम्रो उपस्थिति देखिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भास्करका अनुसार पहिला भन्दा अहिले मानिसहरूमा कोरोना विरूद्धको खोप लगाउन सकारात्मक सोच बन्दै गएको बताउनु भएको छ ।