हेटौंडा, २७ माघ ।
मकवानपुर जिल्लाको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेका हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो शुक्रबार दिउँसो नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेकोजस्तो देखिने मृतक शिशु फेला परेको जानकारी दिनु भयो। शिशुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको उनले बताए।



