बारा र पर्सा भ्रमण गरेर पोखरा फर्कियो ‘जम्बो टोलि’

  • एस.एस. पटेल, बारा ।

बाराको आन्तरिक पर्यटन पुर्नउत्थानका लागि बिशेष योजना ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बाराको सिमरामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिशेष प्याकेजका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले आन्तरिक पर्यटन पुर्नउत्थानका स्थानीयले सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले बिशेष गुरु योजना बनाएर स्थानीय सरकार अघि बढ्न आवश्यक रहेको भन्दै उहाले सबैको चासो र चिन्ता हुनुपर्ने बताउनुभयो । मन्त्री शर्माले सिमरा–पोखरा हवाई उडानलाई निरन्तर्ता दिन प्रदेश सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

प्रदेश सरकारले सिमरा–पोखरा उडानलाई निरन्तर्ता दिन आवश्यक पहल गरिराखेको भन्दै उहाले यसमा प्रदेश २ सरकारले पनि बिशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाले सिमरा–पोखरा हवाई उडानले दुई प्रदेशको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो । कार्यक्रममा बोल्दै नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले सिमरा–पोखरा हवाई उडानले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने बताउनुभयो । हवाई उडानसंगै दुवै प्रदेशमा व्यापक प्रचार हुनुपर्ने भन्दै उहाले यसको तयारीमा प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्राईले सिमरा–पोखरा हवाई उडानले पर्यटकको आवागमन थप बढ्ने बताउनुभयो । बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले पर्यटन प्रवद्र्धन गर्न दुवै प्रदेश सरकारले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नाटा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष हरिराम अधिकारी, बरिष्ठ होटल व्यवसायी ईच्छा बहादुर वाग्ले लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रकाश लम्सालले गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाहले गर्नुभएको थियो ।

यसैबिच, आन्तरीक पर्यटन प्रवद्र्धन पुर्नउत्थानको निम्ति बारा आएको टोलि आज पोखरा फर्किएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माको नेतृत्वमा बारा आएको टोलि ३ दिन बसेर पोखरा फकिएको हो । टोलिले बारा र पर्साको पर्यटकीय, धार्मिक एवं औद्योगिक क्षेत्रको भ्रमण गरेको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जबाट भ्रमण थालेको टोलिले बिश्वप्रशिद्ध महागढिमाई मन्दिर, पर्साको घडिहर्वा पोखरी, ड्राईपोर्ट, गहवामाई मन्दिर र सिमरा सेज भ्रमण गरेको थियो । सो क्रममा टोलिलाई विरगञ्ज उद्योग वाणिज्य संघले स्वागत समेत गरेको थियो । ३ दिन बारा र पर्सा भ्रमण गरेर पोखरा फर्किएको टोलिले पोखरा भ्रमणको लागी नाटा प्रदेश नम्बर २ लाई निमन्त्रणासमेत गरेको छ ।