- एस.एस. पटेल, बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख रोशन अधिकारीलाई शान्ति युवा विकास मञ्चले स्वागत गरेको छ । जीतपुरमा प्रहरी नायव निरीक्षक किसनदेव सिंहको सरूवा पछि जीतपुरमा प्रहरी नायव निरीक्षक अधिकारी आउनु भएको हो ।
प्रहरी नायव निरीक्षक अधिकारीलाई स्वागत गर्दै शान्ति युवा विकास मञ्चले सफल कार्याकालको शुभकामना दिएको थियो । शान्ति युवा विकास मञ्चले अधिकारीलाई मायाको चिनो स्वरूप गौतम बुद्धको मुर्ति समेत प्रदान गरेको थियो ।
केही दिन यता मात्र जीतपुर चौकीको प्रमुखको भार सम्हाल्नु भएका अधिकारीले पनि आफू पुर्णरूपले ईमान्दारीता, सत्य र निष्पक्ष रूपले काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।




