श्री दुर्गा पुजाको तयारी पूरा, बिहिवार बिहान ८ बजे जलयात्रा निकालिने

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ ।

भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ दिन सम्म नवरात्री पुजाको आयोजना गरिने गरिन्छ । नवरात्री पुजामा भक्तहरू ९ दिन सम्म फलफुल मात्र खाई व्रत बस्ने गर्छन ।

पत्रकार समेलनको आयोजना गरि श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले दुर्गा पुजाको तयारी पूरा भएको जानकारी गराउदै भोलि बिहान ८ बजे जलयात्रा निकाली पुजाको शुरूवात हुने बताउनु भयो ।