आज १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, चैत ११-

नेपाली बजारमा सुनको भाउ आज (बुधबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।