नेपाल कम्युनिस्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा कमिटिको अध्यक्षमा असलम देवान सर्वसहमतमा चयन हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी मावबादी केन्द्रबाट चुनाव लडेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको देवानले आफ्नो अध्यक्षको पदलाई धरापमा राखि मावबादि केन्द्रलाई परित्याग गरि देवान एमाले चुनेका थिए ।
यता एमालेका कार्यकर्ता हाकिम मिया, अजिज देवान, सलमान मिया, महेस साह, फजिल देवान, मकसुद असारी, मुसुतुफा देवान, नजिर हुसेन देवान लगायतकाले पार्टीले देवानलाई वडा अध्यक्षमा चयन गरेर उहाँ संग न्याय गरेको बताउनु भयो ।
एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को पार्टी वडा अध्यक्षमा चयन भएपछि देवानले खु:शि व्यक्त गर्दै पार्टीले आफू संग न्याय गरेको बताउनु भयो ।




