क्रिसमसक‍ो अवसरमा जीतपुरको ड्रिम्स ताज होटेलमा १० प्रतिशतको छुट

  • एस.एस. पटेल, बारा ।

क्रिसमसको अवसरमा बाराको जीतपुरमा रहेक‍ो ड्रिम्स ताज विस्ट्रो एण्ड होस्टेल्रीले आफ्न‍ो ग्राहकहरूलाई क्रिसमसको शभकामना दिदै १०% को विशेष छुटको व्यवस्था गरेक‍ो छ । ड्रिम ताजले आफ्न‍ो होटेलमा खाने परिकार (Food) मा १० प्रतिशतको छुट दिरहेक‍ो छ ।

क्रिसमसको अवसर पारेर उक्त होटेलले हिजो साझ सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । आज आफ्नो होटेललाई क्रिसमसको रंगमा सजाएर होटेललाई क्रिसमस विषेश बनाएको छ ।

ड्रिम्सताजका संचालक विनोद गुप्ता पनि क्रिसमसकै पहिरनमा सजिएर आफ्न‍ो होटेललाइ झन क्रिसमसमय बनाएका छन् । उहाँ संगै आज होटेलका स्टाफ समेत क्रिसमसको पहिरनमा सजिएका छन् ।

आज क्रिसमसको अवसर पारेर होटेलमा फुड परिकारमा १० प्रतिशतको छुट दिईएको संचालक गुप्ताले बताउनु भयो ।