- एस.एस. पटेल ।
आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देश भरि पानी परिरहेको छ भने हिलिसाईटमा हिमपात परिरहेको छ । मकवानपुरको दामनमा पनि हिमपात शुरू भएको छ साथै काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ ।
दामनमा यो वर्षकै पहिलो हिमपात भएको हो । हिमपात परेपछि दामनका व्यवसायीहरू खुसि भएका छन् । दामनमा हिजो मंगलबार राति करिब ८ बजे देखि हल्का पनि पर्न शुरू भएको थियो भने आज बुधबार बिहान दामनको सिमभञ्ज्याङ क्षेत्रमा हिमपात पर्न शुरू भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।





