- एस.एस. पटेल, बारा ।
स्थानीयहरूलाई लक्षित गर्दै होटेल इच्छाले हरेक शनिबार फुड फेस्टिवलको आयोजना गर्ने भएको छ । फुड फेस्टिवलमा चार तारे होटेलको सुबिधामा खाजा नास्ताहरू सामान्य दरमा खान पाईनेछ ।
सामान्य बजारको मूल्यमा अब सिमराको चार तारे होटेल होटेल इच्छामा हरेक शनिबार दिनको २ बजे देखि साझ ८ बजे सम्म खाजा नास्ताको विभिन्न परिकारको मज्जा लिन सकिने गरि फुड फेस्टिवलको आयोजना गरिएको होटेलका जेनेरल मेनेजर कौशन कुमार सिंहले बताउनु भयो । फुड फेस्टिवल संगै होटेलमा हरेक शनिबार साझ ६:३० बजे देखि राति १० बजे सम्म गजल कार्यक्रमको समेत आयोजना हुनेछ ।
चार तारे होटेल भन्ने बितिकै सामान्य मानिसहरू होटेल पस्न गर्हो मान्ने प्रवृत्तिलाई अन्त्य गर्न र सामान्य मानिसहरू पनि चार तारे होटेलमा बसेर खाजा नास्ता सहित रमाइलो गर्न सक्ने वातावरण सृजना गर्न पनि होटेल इच्छाले फुड फेस्टिवलको आयोजना गरेको होटेलका जेनेरल मेनेजर सिंहले बताउनु भयो ।
बाराको सिमरामा रहेको होटेल इच्छाले पत्रकार सम्मेलनको आयोजना गरि फुड फेस्टिवलको बारे जानकारी दिएको थियो । फुड फेस्टिवलमा तारेको माछा, चिकेन मो:मो, भेज मो:मो, भेज र चिकेन चाउमिन, फ्राइ चामल, चिकेन साटे, चिकेन काट्टि रोल, पनीर काट्टि रोल, पनिर चिल्लि, पापडि चाट, पानी पुरी, कटिया दम विरियानी, अहुना मटन लगायत आइस्कृम र पेस्ट्रिको परिकारहरू पाईने छ ।




