- एस.एस. पटेल, बारा ।
बाराको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको सरूवा भएको छ भने ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुखको रूपमा प्रहरी नायब निरीक्षक राजन थापाको आगमन भएको छ ।
६ महिना अघि जीतपुरमा सरूवा भएर आउनुभएका प्रहरी नायब निरीक्षक अधिकारीले धेरै उदाहरणीय काम गरेको कारण स्थानियहरूले उनलाई यहीँ बस्न अनुरोध पनि गरेका हुन तर उंहाले आफ्नो संगठनले आफुलाई अन्य ठाउँमा पठाएको कारण आफू जानै पर्ने बताए ।
अधिकारीले आफ्नो कार्यकालमा जीतपुरको शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका थिए । उनले आफ्नो कार्यकालमा भारी मात्रा लागुऔषध, मादक पदार्थहरू पनि नियन्त्रण गरेका छन । स्थानीयहरू पनि उंनको काम गर्ने शैलीबाट निकै खुसी थिए ।
उनको सरूवाको खबर उनको संगठन बाहेक अरूकसैलाई भनक समेत लागेन अचानक उनको सरूवा भएको खबर स्थानीयले पाए पछि उनलाई सम्मान कार्यक्रमको समेत आयोजना गरि उनलाई बिदाई गरेका छन । साथै उनलाई पुन: जीतपुरमा बोलाउन पहल पनि गर्ने स्थानीयहरूले बताए ।
जीतपुरको ड्रिम्स ताज विस्ट्रो एण्ड होस्टेलरीमा एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान सहित बिदाई गरिएको हो । कार्यक्रममा ड्रम्स ताज परिवार, नेता अफ्ताब आलम, स्थानिय र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।




