जीतपुरसिमरामा मोटरसाइकल दुर्घटना हुदा घट्ना स्थलमै एक जनाको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । आज सोमबार करिब २ बजे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मालपोत कार्यालय अगाडि कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सिमराबाट जीतपुर तिर जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकले ना १९ प १२७७ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक जीतपुरसिमरा ११ का २२ वर्षिय रामबाबु साह रहेको प्रहरीले बताएको छ ।

ठक्कर दिएर फरार भएको ट्रकलाई दुर्घटना स्थलबाट करिब ३ किलोमिटर अगाडि जीतपुरबाट नियन्त्रण लिईएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

शवको मुचुल्का उठाई शवलाई पोस्टमार्टमको लागि ठाईएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय समराका डिएसपि मनोजित कुवरले बताउनु भयो ।