- एस.एस. पटेल, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका भ्रष्टाचारको सुचीमा पहिलो र दोस्रो स्थानमा परेका छन् ।
हेटौंडाको अख्तियार अनुसन्धान आयोगले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका पहिलो र दोस्रो स्थानमा रहेका हुन् ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुरसिमरा उपमहानगरपालिकाको ७६ भ्रष्टाचारका उजुरी परेको थियो उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएको छ भने बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको छ ।
यता चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कलैया उपमहानगरपालिकाको ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएको र २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।




