स्थानीय तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ ।

आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।