जीतपुरका दलित समुदायलाई वडा द्वारा टेन्टको समान हस्तान्तरण

बाराक‍ो जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा दलित वर्गको समुहलाई वडा द्वारा टेन्टको समान वितरण गरेको छ । दलितहरूलाई भोजभतेरमा पैसा तिरेर टेन्टको लिन नपरोस भनेर वडाले टेन्टको समान वितरण गरेको हो ।

वडाले दिएको करिब २ लाख बराबरको टेन्ट समान जीतपुरका कुनै पनि दलित समुदायले प्रयोग गर्न सक्ने छन् । टेन्टको समान दलित समुदायका अगुवाको जिम्मा लगाईएक‍ो जीतपुरसिमरा ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले बताउनु भयो ।

टेन्टको समानमा डेक सेट ३ वडा, ६ वटा जग, ६ पिस बाल्टिन, ४ पिस नाद, ४ पिस ट्रे, २ पिस ठुल‍ो कराही, २ पिस ग्यास सिलिन्डर, २ पिस चुलो, डाईनिङ टेवल ५ पिस, कुर्सी ३० वडा, त्रिपाल ३ र दरि ४ पिस, डाडु ४ पिस, छनोटा २, पन्जा ६, कठरा ६, कम्बल १५ पिस रहेको छ ।