जीतपुरसिमरा: एमालेको घर दैलोको रौनक

  • जानकारी नेपाल, डेस्क ।

जीतपुरसिमरा उपमहानगरपालिकामाएमालेले घर दैलो अभियानलाई तिब्रतादिएको छ। नगरबासीको घर घरमानगर प्रमुखपदकाउमेद्दवार सरस्वतीचौधरी र उपप्रमुखपदकाउमेद्दवार भोलाअधिकारी सहितको टिम पुगेको छ ।

अहिले सम्म वडा नम्बर १०, १४ र१५ मापुगेको एमालेले पछिल्लो ५ वर्षको कार्यकालमाभएका सकारात्मक सुधारको जानकारी आमनगरबासीलाई गराएको छ। जन बर्गीय संगठनहरुलाई परिचालनगरि चुनावप्रचार प्रसार गरेको नेकपाएमाले जिल्ला कमिटि सचिवालय सदस्य एबम जीतपुरसिमरा उपमहानगर जनपरिचालन कमिटिका अध्यक्षमनोज पौडेलले बताउनु भयो ।

वडा नम्बर १४ को कोणसभालाई सम्बोधनगर्दै प्रमुखपदकाआकांक्षीचौधरीलेसिमित स्रोत र साधनकाबीचउपयुक्तकानुन, कार्यविधिको अभावमा, कार्यक्षेत्रकोसिमितता, कार्यपालिकामा अल्पमत लगायत व्यवधानले पहिलो कार्यकालमा जन अपेक्षाका सबैकामगर्ननसकेको तर समुन्नत र समृद्ध जीतपुरसिमरा निर्माणको जग खडागरेको, कार्य अघि बढाएको, थुप्रै दिर्घकालिन योजनाहरुको प्रक्रिया अघि बढि नतिजाआउने क्रममा रहेको बताउनु भयो।शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, बिजुली, सम्मानित कृषि पेशा, महिला सशक्तिकरण, दिगो बिकास, भुमिहिनलाई लालपुर्जा वितरण, फोहोर व्यवस्थापनतथाइन्सिनेरेटर जडान, फोहोरबाट प्राङ्गारिक मलउत्पादन , लगायतकाएजेन्डाहरु प्राथमिकतामारहेको उपप्रमुखपदकाउमेद्दवारभोलाप्रसादअधिकारीले बताउनु भयो ।