बाराको जीतपुरसिमरा उपमहाागरपालिका वडा नम्बर ७ जीतपुरमा मोबाईल फोन रिपेयरिङ टेक्निसियनको तालिम शुरू भएको छ । सिटिइभिटिद्वारा जीतपुरमा ३ महिने मोबाईल रिपेयरिङ तालिम संचालन भएको हो ।
सिटिइभिटिद्वारा संचालित उक्त तालिमको समुद्घाटन आज आईतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अधयक्ष रामबाबु गुप्ताले गर्नुभएको थियो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गुप्ताले सिटिइभिटि संस्थालाई जीतपुरमा यस्ता शिपमुलक तालिम संचालन गरेकोमा धन्यबाद दिदै वडा कार्यालयले यो तालिमलाई सकेसम्म सहयोग गर्ने बताउनु भएको थियो ।




